Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

काभ्रेको पाँचखाल–१३ मा मतदान सुरु

काभ्रेको पाँचखाल–१३ मा मतदान सुरु

  • काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको छ । वैशाख ३० मा विवाद भएर स्थगित भएको चुनाव आज शुरू भएको छ।

    onlinepatrika
    Arghakhachi

    मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते (आज) गर्ने गरी निर्णय भएको थियो । २ वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन्।

    AGNI GROUP

    स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत रामप्रसाद भट्टराई र मालपोत अधिकृत गंगा पोखरेललाई सहायक मतदान अधिकृतको रुपमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij