Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल पारिदिएको बताएका छन्। तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको बताए।
दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरेको उनको तर्क छ।
निर्वाचनको प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेको आरोप पनि महासचिव पोखरेलले लगाए। परिणाम आएपछि एमालेले टिप्पणी नगरेको रुपमा चर्चा भएको भन्दै उनले त्यसको खण्डन गरे।
परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेको मंगलबार आयोजित मदन–आश्रित स्मृति दिवसमा भने। उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेको पनि आरोप लगाए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij