
May 02 2025 | २०८२, वैशाख १९ गते
विराटनगर- विराटनगर महानगरपालिकाको जारी मतगणनामा बदर मतको संख्या उच्च रहेको पाइएको छ । आज १२ बजेसम्म २८ हजार ८९ मत गणना सकिएको छ । जसमध्ये उपमेयर पदमा मात्रै १० हजार ७८८ मत बदर भएको पाइएको हो । मेयरमा ७ हजार २८४ मत बदर भएको छ ।
मेयर र उपमेयर पदमा फरक९फरक दलबाट उम्मेदवार र चुनाव चिन्ह भएका कारण मतदाताहरू मतदान गर्ने समयमा अलमलिँदा बदर मतको दर बढेको छ । १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सकिएर परिणाम सार्वजनिक भइसकेको छ । अहिले ३, ४, ५, ६, १३, १४ र १५ को गणना जारी छ ।
विराटनगर यसपटक पनि बदर मतको दर उस्तै गतिमा उकालो लागेको पाइएको छ । उपमेयर पदमा ३८ दशमलव ४० र मेयरमा २५ दशमलव ९३ प्रतिशत मत बदर भएको हो ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार विराटनगरमा ८९ हजार ८९६ मत खसेको छ । खसेको मतमध्ये २८ हजार मत गणना हुँदा विराटनगरको मेयर र उपमेयरमा कुल ६४ दशमलव ३३ प्रतिशत मत बदर भइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij