Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी

  • खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ। गठबन्धनकातर्फबाट कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै भट्टराई  मेयरमा विजयी बनेका हुन्। भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको कार्यालयले जनाएको छ। उपमेयर निर्वाचित बिसनले १०४३८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका बिणादेबी राईले ७३१९ मत पाएका छन् । बिणादेबी निवर्तमान उपमेयर हुन्। राप्रपाका जीवनकुमार श्रेष्ठले ४०१, उपमेयका उम्मेदवार चन्द्रकुमारी राईले ५६२ र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले १० मत पाएका छन्। १५ वडा रहेको नगरपालिकामा एमालेका तीन, कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन्। 

    AGNI GROUP

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसका नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा माओवादी केन्द्रका ध्रुवबिक्रम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ सोल्मामा एमालेका महेन्द्रबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा माओवादी केन्द्रका माधव राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा कांग्रेसका हरिप्रसाद चौंलागाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा एमालेका लिलाकुमार चौहान विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा जसपाका मुगाधन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जसपाका इखबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा  माओवादी केन्द्रका दानबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा एमालेका दिनेश राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा कांग्रेसका रामबादुर कट्वाल विजयी भएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij