Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

चन्दननाथ नगरपालिकाको प्रमुखमा बागी उम्मेदवार कठायत निर्वाचित

चन्दननाथ नगरपालिकाको प्रमुखमा बागी उम्मेदवार कठायत निर्वाचित

  • जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा बागी उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएको छन् । नेपाली कांग्रेसको गढ मानिएको उक्त नगरपालिकामा कांग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याए। त्यस्तै नेकपा एमालेका धेवेन्द्र रोकायाले १५ सय ७० मत ल्याए। जुम्लामा जम्मा ११ हजार ९८ मत खसेको थियो। जसमा ५ मत बदर भएको थियो। कठायत २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा पराजित भएका थिए। 

    AGNI GROUP

    त्यसपछि मेयरको तयारी गरिरहेका उनलाई कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन्। उनले २८ सय ८ मत प्राप्त गरिन्। त्यस्तै नेकपा माओवादीकी उम्मेदवारले १६ सय ३३ मत ल्याइन्। चन्दननाथ नगरपालिकामा २०७४ सालको चुनावमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी थिइन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij