Jun 06 2026 | २०८३, जेठ २३ गते
एजेन्सी । युक्रेनी पूर्वीसहर मारिओपोलमा थप ७०० भन्दा बढी युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ । रुस समर्थक पृथकतावादीहरूका नेता डेनिस पुसिलिनका अनुसार बन्दरगाह सहरको एजोभस्टल स्टिलवर्कमा युक्रेनी लडाकुहरूका शीर्ष कमाण्डरहरू अझै पनि काराखानाभित्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
कारखानाभित्र फसेका थप लडाकुको भविष्यबारे युक्रेनी अधिकारीहरूले सार्वजनिकरूपमा टिप्पणी गर्न अस्वीकार गरेको सञ्चारमाध्यहरुमा उल्लेख गरिएको छ। युक्रेनी सेनाका प्रवक्ता ओलेक्जेन्डर मोटुजायनिकले पत्रकार सम्मेलनमा भने, ‘राज्यले हाम्रा सुरक्षाकर्मीहरूको उद्धार गर्न सक्दो प्रयास गरिरहेको छ। ’
यसबारेमा थप सूचना सार्वजनिक गर्दा उनीहरूको उद्धार पक्रिया जोखिममा पर्ने उनले संकेत गरे। युक्रेनले आफ्ना २ सय ५० लडाकुले आत्मसमर्पण गरेको बुधबार पुष्टि गरेको थियो। तर, कारखानाभित्र अझै कति सेना छन् भन्ने बारेमा केही खुलाएको छैन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij