Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ। यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगले जनाएको छ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय नभइसकेको आयोगले जनाएको छ ।
यसअघि ७ सय ५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको थियो।
तर, मतदानको क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई विभिन्न मतदान केन्द्रमा मतदान स्थगित हुन गएको थियो । स्थगन भएका स्थानमध्ये ५ स्थानमा १ जेठ, ७ स्थानमा २ जेठ, ८ स्थानमा ३ जेठ र १५ स्थानमा जेठमा मतदान कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij