Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

ललितपुर महानगरमा महर्जन र शाक्यले बढाए फराकिलो अग्रता

ललितपुर महानगरमा महर्जन र शाक्यले बढाए फराकिलो अग्रता

  • काठमाडौं । ललितपुर महानगरपालिकामा मेयरमा कांग्रेसको चिरीबाबु महर्जन र उपमेयरमा एमालेकी मञ्जली शाक्यले फराकिलो मतान्तरलेृ अग्रता कायम गरिरहेका छन्। ४१ हजार ३८८ मत गनेर सकिंदा नेपाली कांग्रेसका मेयर उम्मेदवार महर्जनले अग्रता थप फराकिलो बनाएका छन्। उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजार भन्दा बढी मत अन्तरले अघि छन्।

    onlinepatrika
    Arghakhachi

    महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन्। राप्रपाका अष्ट महर्जनले १ हजार ९७० मत पाएका छन्।

    AGNI GROUP

    उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायमै छ। उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्य भन्दा ३ हजार ५३९ मत अन्तरले अगाडि छिन्। मञ्जलीले ११ हजार ९ सय ६५ मत पाउँदा बाबुराजको मत ८ हजार ४२६ मात्र छ। उपमेयरका अर्का उम्मेदवार स्वर्णिम शाक्यको पक्षमा ३ हजार ३ सय ७९ मत परेको छ।

    नेपाली कांग्रेसको उपमेयर उमेदवार नै नभएको रुख चिह्नमा ५ हजार ८०० मत परेको छ। ललितपुरमा नेपाली कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij