Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

बर्दिवासमा कांग्रेसको जमानत जफत

बर्दिवासमा कांग्रेसको जमानत जफत

  • ललितपुर । महोत्तरीको बर्दिबास नगरपालिकामा कांग्रेस उम्मेदवारको जमात जफत भएको छ । कांग्रेसका उम्मेदवार चिरंजीवी हमालको स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्रीले जमानत जफत गरिदिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    क्षेत्रीलाई कांग्रेस प्रदेश कमिटीलेृ टिकट दिएको थियो ।  उनको टिकट केन्द्रले खेसेर हमाललाई आधिकारीक उम्मेदवार बनाएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसको जमानत जफत हुने अवस्थामा पुगेको हो । 

    AGNI GROUP

    क्षेत्रीले माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै जित हात पारेका हुन्। उनले १४ हजार २ सय १० मत प्राप्त गरे। उपप्रमुखमा पनि स्वतन्त्र उम्मेवार तारादेवी महतो विजयी भएकी छन्।

    महतोले ९ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १ सय ८५ मत प्राप्त गरेकी छन्। क्षेत्रीले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र प्यानल बनाएरका थिए। 

    खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा हमालको जमानत जफत भएको। उनले १२६३ मत मात्र ल्याएका थिए। क्षेत्रीले कांग्रेस उम्मेदवारको जमानत जफत मात्र गरेनन् ०७४ मा माओवादी केन्द्रले जितेका मेयर र उपमेयर पद पनि खोस्न सफल भए।

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij