Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

धरानमा स्वतन्त्रको अग्रता कायमै 

धरानमा स्वतन्त्रको अग्रता कायमै 

  • सुनसरी । सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा ३ नगरपालिका र ३ गाउँपालिका छन्। देवानगञ्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका वेचनप्रसाद मेहता र उपाध्यक्षमा कांग्रेसकी कुमारीविभा यादव विजयी भएकी छन्। 

    onlinepatrika
    Arghakhachi

    गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले विजयी हासिल गरेको छ। अध्यक्षमा एमालेका आशनायरण चौधरी र उपाध्यक्षमा अनिताकुमारी चौधरी निर्वाचित भइन्। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितको छ। अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिताकुमारी उराँव निर्वाचित भएका छन्।  

    AGNI GROUP

    जिल्ला सदरमुकाम इनरुवा नगरपालिकामा पनि कांग्रेस विजयी भएको छ। मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता विजयी भए। रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेका छ। मेयरमा शंकरलाल चौधरी र उपमेयरमा तारा थापा विजयी भएका छन्। 

    कांग्रेस पूर्वउपसभापति विजयकुमार गच्छदारको गृह नगर दुहवीमा पनि कांग्रेसले जितेको छ। बहालवाल मेयर वेदनारायण गच्छदार मेयरमा विजयी भएका हुन्। उपमेयरमा फराकिलो मतान्तर सहित कांग्रेसकै मेनुका पोख्रेल विजयी भएकी छिन्।

    बाँकी ६ पालिकामा मतगणना जारी छ। कोशी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस अगाडि छ। बर्जू गाउँपालिकामा भने एमाले अगाडि छ। धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार  हर्क साम्पाङले अग्रता लिएका छन्। 

    उनलाई गठबन्धनको तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले पछाइरहेका छन्। २०७४ साल सम्म धरानलाई लाल किल्ला बनाएको एमाले भने तेस्रो स्थानमा रहेको छ। मत परिणाम आउन बाँकी रहेका पालिकाको केही दिन भित्रमै नतिजा निकाल्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij