Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले स्थानीय तह निर्वाचनले सरकारमा पुगेका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको छ।
आचारसंहिता उल्लङ्घन गर्दै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने, भोज भतेर खुवाउने जस्ता क्रियाकलापले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको हो। उक्त पार्टीका सङ्घीय सांसद प्रेम सुवालले भ्रष्टाचार भएको भन्ने जनताले पहिल्यै अनुमान गरेको बताए ।
‘सरकारमा जानेहरूले भ्रष्टाचार गरेकै हुनुपर्छ भन्ने जनताको अनुमान थियो। त्यो सत्य भएको देखियो। किनभने सत्ताको दुरुपयोग गर्दै आचारसंहिताविपरीत भारतीय नम्बर प्लेट भएको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने र भोज खुवाउने काम भयो’, सांसद सुवालले भने।
निर्वाचनमा सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको पनि आरोप लगाए। निर्वाचन निष्पक्ष गर्ने भनेर गठन गरिएको निर्वाचन आयोगलाई निरीह बनाएको पनि उनको भनाइ छ।
निर्वाचनलाई उनले अमेरिकी सहयोग परियोजना एमसीसी समर्थक र विरोधीबीचका लडाइँ भएको पनि बताए। तर, पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जितेको आरोप लगाए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij