Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

बारा कांग्रेसले गर्‍यो अन्तर्घात गर्ने ८ जनामाथि कारबाहीको सिफारिस

बारा कांग्रेसले गर्‍यो अन्तर्घात गर्ने ८ जनामाथि कारबाहीको सिफारिस

  • बारा । नेपाली कांग्रेस बारा जिल्ला कार्य समितिले स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको आरोप लगाउँदै ८ जना कांग्रेस नेताहरुलाई कारबाही गर्न सिफारिस गरेको छ । उनीहरुले पार्टी कार्यकर्तालाई हराउन भूमिका खेलको आरोप लगाउँदै काराबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको आरोपमा नेपाली कांग्रेस निजगढ नगर समितिले ३ जना महासमिति सदस्यसहित ८ जना नेता कार्यकर्तामाथि काराबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको हो ।

    AGNI GROUP

    नगर समितिले महासमिति सदस्यहरू शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुँवर, जिल्ला कार्यसमितिका सदस्य कृष्णप्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, बारा क्षेत्र नम्बर–१ क्षेत्रीय समितिका सहसचिव प्रदिपकुमार उप्रेती र जिल्ला कार्यसमितिका पूर्वसदस्य रामचन्द्र जैसवाललाई कारबाही गर्न सिफारिस गरेको हो ।

    उनीहरूमाथि गत स्थानीय निर्वाचनमा निजगढ नगरपालिकामा पार्टीको तर्फबाट प्रमुख पदका उम्मेदवार सुरेश खनाललाई हराउन भूमिका खेलको आरोप लगाइएको छ । नगर कार्यसमितिले पार्टीको उम्मेदवार हराउने भूमिका खेल्नेहरुलाई प्रमाणसहित कारबाहीको लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेको निजगढ नगर समितिले जनाएको छ ।

    नेकपा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा उत्रिएका निवर्तमान मेयरसमेत रहेका खनाल नेकपा एमालेका उम्मेदवार सुरथ पुरीसँग पराजित भएका थिए भने गठबन्धनबाट उपमेयर पदका उम्मेदवार माओवादीका रवि दङ्गाल पनि एमालेकी सोममाया थिङ्गसँग पराजित भए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij