Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारहरूलाई जनताको हितमा काम गर्न सघाउनुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार जित नजिक रहेका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि एक्लैलाई काम गर्न असहज हुने टिप्पणी हुँदै आएको बेला शर्माको यो अभिव्यक्ति आएको हो ।
शर्माले भनेका छन्, ‘कसरी काम गर्लान् रु प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्छ ।’धरान उपमहानगरपालिकामा निर्वाचित प्रमुख हर्क साम्पाङलाई उनले बधाई पनि दिँदै साम्पाङसहितका स्वतन्त्र उम्मेदवारहरूको जितले दलहरूलाई दिएको सन्देशलाई आत्मसाथ गर्नुपर्ने शर्मा बताउँछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij