Jun 20 2026 | २०८३, असार ६ गते
पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए। वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा सोमबार आएको थियो। दुबै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन्।
वडा नम्बर ३१ मा १६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसकै शिवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij