Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कांग्रेसबाट धोका भएको माओवादी केन्द्र ललितपुरको निष्कर्ष 

कांग्रेसबाट धोका भएको माओवादी केन्द्र ललितपुरको निष्कर्ष 

  • ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ललितपुरले स्थानीय तहको निर्वाचनमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेको छ । जिल्लामा भएको कांग्रेस–माओवादी गठबन्धनमा कांग्रेसले माओवादीलाई धोका भएको निष्कर्षमा माओवादी पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा  होमिएको नेकपा माओवादी कोञ्ज्योसोम, महालक्ष्मीमा पराजय भएको छ भने ललितपुर महानगरमा पनि उपप्रमुखमा हार्ने लगभग पक्का भएको छ । महानगरमा उम्मेदवार नै नभएको कांग्रेसको उपप्रमुख पदमा धेरै मत आएको छ । 

    AGNI GROUP

    बागमती र महांकालमा भने माओवादीले उपाध्यक्षमा विजय प्राप्त गरेको छ ।

    महालक्ष्मी नगरको मेयर पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका शिव कट्टेल कांग्रेसका नेताहरूले आन्तरिक द्वन्द्वको रिस गठबन्धनमा ल्याएर पोखेको आरोप लगाउँछन्। माओवादी केन्द्र ललितपुरको अध्यक्षसमेत रहेको कट्टलले कांग्रेसले माओवादीमाथि ठूलो घात गरेको बताए। कांग्रेसले माओवादीसँग गठबन्धन गरेर एमालेसँग साँठगाँठ गरेको आरोप लगाएका छन्। 

    कांग्रेस नेताहरूले मिलेको र सालिन देखाएको तर भोट भने नहालेको उनको माओवादीको बुझाई छ । शतप्रतिशत गठबन्धन लागू हुनुपर्थ्यो भन्ने माओवादीले नसोचे पनि ५० प्रतिशत कांग्रेसको भोट आउने आफूले अपेक्षा गरेको मााओदीले भनाइ छ । तर ३० प्रतिशत पनि कांग्रेसको भोट माओवादीलाई नआएको उनीहरुको बुझाई छ । 

    माओवादीले केही दिनपछि पार्टीको बैठक बसेर गठबन्धनमा भएको धोकाको विषयमा गम्भीर समीक्षा गर्ने तयारी गरेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij