Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना : नेपाली सेनाको खोजी कार्य जारी 

तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना : नेपाली सेनाको खोजी कार्य जारी 

  • काठमाडौं । आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटना भएको जानकारी आएपछि सेनाका खोजी टोली त्यतैतिर लागेको बताए।

    AGNI GROUP

    त्यहाँ पुग्न तीन(चार घन्टा लाग्छ होला,’ सिलवालले भने,‘हामी हेलिकप्टरबाट पनि  पुग्न प्रयास गर्दैछौं।’ योबाहेक अरू ठाउँमा पनि जहाजको खोजी भइरहेको छ।  न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी र टिटितालमा खोजी जारी राखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

    नेपाली सेना, नेपाल प्रहरी तथा हिमालयन उद्धार संघका जवानहरूलाई पनि जहाज खोजीका लागि परिचालन गरिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij