Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

सेनालाई भित्रैबाट कमजोर पार्ने षडयन्त्र

सेनालाई भित्रैबाट कमजोर पार्ने षडयन्त्र

  • काठमाडौँ । एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई व्यक्तिगत रिसले महाभियोग लगाएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा यसो बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले २०७८ फागुन १ गते विभिन्न आरोपसहित महाभियोग लगाएका थिए ।

    AGNI GROUP

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा ज्ञवालीले प्रधानन्यायाधीशलाई काम गर्न नदिई महाभियोग लागेको अवस्थामा नै घर पठाउन लागिएको बताए । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगाएकै गर्न खोजिएको उनले बताए ।

    यस्तै,सर्वोच्च अदालतलाई विवादमा तानिएको र संस्था कमजोर पार्न खोजिएको बताउँदै, विदेशमा पत्र पठाउँदा परराष्ट्र मन्त्रालयको राय लिने व्यवस्था अनिवार्य गर्नुपर्ने एसपीपीको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले भने अब ’सेनालाई विवादमा ल्याउने, त्यसलाई भित्रैबाट कमजोर पार्ने कसैको षडयन्त्रमा त परेनौं भन्ने लागेको छ,’ । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij