Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

घुस ‘डिल’ प्रकरणमा मुछिएकामाथि छानबिन गर्न परिषदले गर्यो समिति गठन

घुस ‘डिल’ प्रकरणमा मुछिएकामाथि छानबिन गर्न परिषदले गर्यो समिति गठन

  • काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न न्याय परिषद्ले छानबिन समिति गठन गरेको छ।

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो बसेको परिषद्को बैठकले रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको हो। श्रेष्ठ न्याय परिषद् सदस्य समेत हुन्।

    AGNI GROUP

    व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन अधिवक्ता रुद्र पोखरेलसँग न्यायाधीश कोइरालाले घुस लेनदेनका लागि गरेको टेलिफोन संवाद बाहिरिएपछि परिषदे छानबिन अघि बढाएको हो।

    तामाङलाई धरौटीमा छुटाउन पोखरेले १० करोडको डिल गरेको अडियो सार्वजनिक भएको छ। तामाङविरुद्ध करोडौँ रुपैया ठगी गरेको अभियोग लागेको छ।

    उनले सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप हिनामिना गरेको अभियोगमा पुर्पक्ष थुनामा छन्। न्यायाधीश कोइराला र अधिवक्ता पोखरले छानबिनका लागि सहयोग गर्ने बताएका छन्।

    पोरखेलमाथि कारबाही गर्न नेपाल बार एशोसियनले बार काउन्सिललाई आग्रह गरेको छ। बार काउन्सिलले पनि पोखरेलमाथि कारबाही गर्ने तयारी गरेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij