Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

मन्त्री हेरफेरमा प्रधानमन्त्री देउवा र प्रचण्ड नै बाधक

मन्त्री हेरफेरमा प्रधानमन्त्री देउवा र प्रचण्ड नै बाधक

  • काठमाडौँ – नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्री हेरफेरमा प्रधानमन्त्री देउवा र प्रचण्ड नै बाधक बनेको आरोप लगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    खतिवडाले एक कार्यक्रममा मन्त्री हेरफेरमा प्रधानमन्त्री देउवा र प्रचण्ड नै बाधक बनेको बताउँदै उनले भने – ‘मन्त्री हेरफेरमा हाम्रातर्फबाट कुनै समस्या छैन । सचिवालयको निर्णय स्थायी समिति र केन्द्रीय कमिटीले अनुमोदन गरेका छन् । यसमा प्रधानमन्त्री र प्रचण्ड नै बाधक हुनुहुन्छ । अब कांग्रेस सभापति र माओवादी अध्यक्षले अलमल्याउनु हुँदैन । सपथग्रहण गराउनुपर्छ ।’

    AGNI GROUP

    यस्तै, शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खन नसकिने पनि बताउँदै, उनले भने – ‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं ।’


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij