Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रदेश एकमा स्थायी संरचना निर्माणका लागि छलफल सुरू

प्रदेश एकमा स्थायी संरचना निर्माणका लागि छलफल सुरू

  • काठमाडौ । प्रदेश नम्बर-१ सरकारको स्थायी संरचना निर्माण गर्न आवश्यक स्थान खोजी गर्न गठित कार्यदलले छलफल सुरु गरेको छ । प्रदेश सरकारले राजधानीका लागि प्रशासनिक भौतिक संरचना निर्माण गर्न जग्गा व्यवस्थापन गर्ने उद्देश्यसाथ कार्यदल बनाएको थियो ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश एक सरकारको स्थायी संरचना निर्माणका लागि गर्ने जग्गा प्राप्त गर्न गठित समितिले स्थानीय पालिकासँग छलफल सुरु गरेको हो।

    AGNI GROUP

    समितिले सरकारले प्रदेश राजधानीका स्थायी संरचना निर्माण गर्न प्रस्ताव गरेको वृहत विराट क्षेत्रअन्तर्गतका पालिका प्रमुखहरुले संभावित स्थानको विषयमा सुझाव समेत दिएको छ।

    शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको छलफलमा स्थानीय पालिकासँग सरकारी जमिनको तथ्याङ्क उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार विराटनगर बुढीगंगा, ईटहरी, सुन्दरहरैंचा, ग्रामथान र कटहरी गाउँपालिकाका क्षेत्रमा संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय भएको हो । 

    छलफलमा विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइराला, बुढीगंगा गाउँपालिका अध्यक्ष जितेन्द्र थापा मगर, ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार लगायत सहभागी थिए।

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij