Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

पैसा बाँडेर मत किन्ने प्रवृत्ति छ: पोखरेल

पैसा बाँडेर मत किन्ने प्रवृत्ति छ: पोखरेल

  • काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिलेको चुनाव धेरै महँगो भएको बताएका छन्। जसले खर्च गर्न सक्छ त्यसैले चुनाव जित्ने प्रवृत्ति रहेको उनले बताए। 

    onlinepatrika
    Arghakhachi

    दलका कार्यकर्ताहरू दलभन्दा बाहिर जाने र बिक्ने खतरा भएको हुँदा चुनाव महँगो हुँदै गएको उनले बताएका छन् । चुनावमा गलत ठाउँबाट रकम आएको भए आवश्यक कारबाही गर्नुपर्ने बताउँदै, उनले चुनावमा लगानी भएको पैसा कहाँबाट, कसरी आयो रु भनेर स्रोत खुलाउनुपर्ने बताए । 

    AGNI GROUP

    लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाले आयोजना गरेको आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै पोखरेलले भने,‘कानुनअनुसार चुनाव लड्दा धेरै खर्च गर्न पाइँदैन भन्ने छ तर अहिलेको चुनाव धेरै महँगो भएको छ, चुनावको बेला देखिने खर्चभन्दा नदेखिने खर्चभन्दा बढी छ, पैसा बाँडेर मत किन्ने प्रवृत्ति छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij