Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

संवैधानिक परिषद विधेयकप्रति प्रतिपक्षी दल एमालेको आपत्ति

संवैधानिक परिषद विधेयकप्रति प्रतिपक्षी दल एमालेको आपत्ति

  • काठमाडौँ । संवैधानिक परिषदसम्बन्धि ऐनको प्रावधान जगाउन सरकारले ल्याएको विधेयकप्रति प्रतिपक्षी दल एमालेले विरोध जनाएको छ। राष्ट्रियसभा सचिवालयमा दर्ता भएको विधेयकमा ओली सरकारले ल्याएको अध्यादेशकै निरन्तरता हुने गरी प्रावधान राखिएको छ।

    onlinepatrika
    Arghakhachi

    तत्कालीन विपक्षी दलको हैसियतले उक्त अध्यादेशप्रति तीव्र विरोध जनाएको कांग्रेसले राष्ट्रियसभा विधेयक दर्ता गर्दा भने अध्यादेशकै प्रावधानलाई निरन्तता दिएको छ। त्यसप्रति एमाले सांसदहरूले सोमबारको बैठकमा विरोध जनाएका हुन्। सांसद नवराज सिलवालले विपक्षी हुँदा विरोध जनाएको प्रावधान जस्ताको त्यस्तै ल्याएको भन्दै आपत्ति जनाए। त्यस्तै अर्की सांसद शिवमाया तुम्बाहाम्फेले सभामुख आफैँ मुद्दा गएको विषयविरुद्ध अध्यादेश ल्याइको भन्दै आपत्ति जनाइन्।

    AGNI GROUP

    गत वर्ष वैशाख २१ गते संवैधानिक परिषदको बैठक बस्नका लागि आवश्यक पर्ने गणपूरक संख्या घटाउन गरी केपी ओली सरकारले ल्याएको अध्यादेशलाई शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि साउन ४ गते फिर्ता भएको थियो। ओलीले तीनजना सदस्य उपस्थित भए निर्णय गर्न सक्ने गरी ल्याइएको अध्यादेशलाई देउवा सरकारले शब्द मात्रै फेरेर ल्याएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij