Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । कानुन विपरित दलीय जिम्मेवारी लिएको भन्दै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
अध्यक्ष पन्चा सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै कानुन विपरित दलीय जिम्मेवारी लिएको भन्दै संगठनले गभर्नरलाई बर्खास्त गर्न माग गरेको हो ।
‘राष्ट्र बैंक सञ्चालनको निम्ति बनेको नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ को उपदफा ९क० मा भनिएको छ’ गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति “राजनैतिक दलको सदस्य वा पदाधिकारी” भएमा नियुक्त हुन अयोग्य हुने छ ।’ उनले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८, को उल्लेखित दफाको उल्लङ्घन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौँ ।’, विज्ञप्तिमा भनिएको छ ।’
यस्तै, ‘राष्ट्र बैंकको गभर्नर नेपाल सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व हो । सरकारको वित्तीय नीतिलाई सफल बनाउने गरी मौद्रिक नीति निर्माण गर्ने र वित्तीय क्षेत्रको नेतृत्व गर्नुपर्ने नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर विगत देखि नै विभिन्न सेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टो करेन्सी लगायत प्रकरणमा विवादास्पद बनेका थिए,‘ विज्ञप्तिमा भनिएको छ, ‘उनले हालै मात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागको सदस्यको रूपमा जिम्मेवारी प्राप्त गरेको कुराले हामीलाई गम्भीर बनाएको छ ।‘ गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij