Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडाैँ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेलको राजीनामा माग्दै पुत्ला दहन गरेको छ। पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विद्यार्थीलाई पाठ्यपुस्तक समयमा वितरण गर्न नसकेको विरोधमा मन्त्री पौडेलको पुत्ला दहन गरेको हो।
दिउँसो ३ बजे सदरमुकाम गाईघाटस्थित आदिवासी चोकमा भेला भएका पार्टी नेता कार्यकर्तासहितको विद्यार्थी समूहले शिक्षा मन्त्री पौडेलको पुत्ला जलाउँदै केहीबेर चर्को नाराबाजी गरेको थियो।
विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध नगराएको विरोधमा शिक्षा मन्त्रीको पुत्ला दहन गरेको अध्यक्ष देहज बिष्टले बताए। उनले त्रेमासिक परीक्षा दिने बेलासम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने शिक्षा मन्त्रीलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिन सुझाए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij