Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमण जाँदैछन्। उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन्।
भाजपाले शनिबार गर्ने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च भारतीय अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ । स्रोतका अनुसार आइतबार बिहान मोदीसँग उनकै निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij