Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

रवि लामिछाने र हर्क साम्पाङबीच भेटवार्ता

रवि लामिछाने र हर्क साम्पाङबीच भेटवार्ता

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ । 

    onlinepatrika
    Arghakhachi

    पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए । लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्ने धरान आफ्नो लागि विशेष भएको बताएका छन् ।  शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij