Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तागठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले अधिकारीले नैतिक रुपमा राजीनामा दिनपर्ने बताएका हुन् ।
गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै नेविसंघले शुक्रबार माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij