Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडाैँ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले पार्टी एकता गर्ने भएका छन्। क्रान्तिकारी माओवादीका महासचिव वैद्य र नेकपा बहुमतका संयोजक बास्तोलासहित शुक्रबार भएको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो।
शुक्रबार बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। बैठकपछि वैद्य र बास्तोलाले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij