Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ता गर्नका लागि आज मंगलबार निर्वाचन आयोगकाे कार्यालय जाँदै छन्।
संयुक्त दल दर्ता गरेर एउटै चिन्ह्नबाट चुनाव लड्ने सहमती भएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ता गर्न आज निर्वाचन आयोग जाने भएकाे स्राेतले जानकारी दिएकाे छ।
निर्वाचनमा दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा आयाेगले मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij