
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । सहकारी विभागले स्थिर सम्पत्ति घरजग्गामा सकेसम्म लगानी नगर्न निर्देशन दिएको छ । पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या देखिएपछि ससाना व्यवसाय र स्थिर सम्पत्तिमा सकेसम्म लगानी नगर्न विभागले निर्देशन दिएको छ ।
ऋण असुलीलाई प्राथमिकताका साथ कार्ययोजना बनाई अघि बढ्न विभागले सुझाव दिएको छ । सहकारीका सञ्चालकको सुविधा कटौती गर्न, नाफामा नआएसम्म लाभांश वितरण नगर्न विभागको निर्देशनमा भनिएको छ ।सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन पनि विभागले निर्देशन दिएको छ ।
मुलुकभर ३० हजारभन्दा बढी सहकारी छन् । तीमध्ये अहिले १२ सहकारी समस्याग्रस्त घोषित छन् । ती सहकारीहरुले घरजग्गामा कारोबार गर्ने गरेको, आफ्नो स्वार्थको क्षेत्रमा लगानी गर्ने गरेको लगायतका कारण समस्यामा परेको देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij