Jun 15 2026 | २०८३, असार १ गते
डोटी । पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्ने लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित हुन थालेका छन्।अधिकांश किसानले गोरुले खेत जोत्नुको सट्टा हाते ट्र्याक्टरले खेत जोत्न थालेका छन्। उनीहरूले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन्। ती औजारको प्रयोगले समय र श्रम दुवै कम हुने भएकाले उनीहरू ती औजारप्रति बढी आकर्षित हुने गरेका हुन्।गोरुले जोत्नुभन्दा दिपायल पिपल्लाकी देवकी कठायत खड्काले बताइन्। “महिलाले पनि सजिलै जोत्न सक्ने मिल्ने भएका कारण जिल्लामा हाते ट्र्याक्टरको माग बढ्दै गएको हो,” उनले भने, “पछिल्लो समय मैले पनि हाते ट्र्याक्टरले खेत जोत्न थालेकी छु, राम्रै भएको छ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij