Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । सरकारले निर्माण लगायतका १० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का घरबेटी शारदाप्रसाद अधिकारीको लगानी रहेको शैलुङ कन्सट्रक्सन पनि छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १० वटा कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ।
विभिन्न सडकहरुको निर्माण जिम्मा (ठेक्का) लिएर अलपत्र पार्दै आएको शैलुङलाई विभिन्न सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसका आधारमा कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij