Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ। देउवालाई भेट्न ओली बुधबार बिहान ९ बजे बालुवाटार पुगेका थिए। उनीहरुबीच झण्डै २ घन्टा बालुवाटारमा वार्ता भएको हो।
समसामयीक राजनीतिका विषयमा छलफल गर्न ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जानकारी दिएको छ।
ओलीको सचिवालय सदस्य रामशरण बजगाँईले नेपालखबरसँग भने, ‘समसामयीक विषयमा छलफल भएको छ।’
नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र समसामयीक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij