Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

साम्पाङको रुख रोप्ने अभियानमा प्रचण्ड सहभागी

साम्पाङको रुख रोप्ने अभियानमा प्रचण्ड सहभागी

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् ।  धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् ।

    AGNI GROUP

    ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले आजै शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षाराेपण कार्यक्रममा उहाँ सहभागी हुँदैहुनुहुन्छ,’ धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij