Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सुमेरु सहकारीका शेयरधनी गदगद 

सुमेरु सहकारीका शेयरधनी गदगद 

  • ललितपुर । सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष हेमराज दाहालको सभापतित्व र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आ.व २०७८/०७९ को संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १८.५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

    onlinepatrika
    Arghakhachi

    सभामा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले कोभिड १९ र अन्य कारणले समग्र राज्य र बैंक, वित्तीय संस्थाहरु विगत २ वर्षदेखि आर्थिक मन्दीको संकटमा रहँदा पनि सुमेरुमाथि सदस्यहरुको विश्वास कायम रहेकोमा सम्पूर्ण निक्षेपकर्ता र सदस्यहरुप्रति धन्यवाद ज्ञापन गरे ।

    AGNI GROUP

    साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण छलफल र सुझावसहित पारित गरेको छ।

    शेयर पूँजी रु ४६ करोड ६५ लाख र कुल सम्पत्ति रु १० अर्ब १३ करोड ४७ लाख रहेको सहकारीले समिक्षा आ.व.मा रु. १५ करोड खुद नाफा गरेको अध्यक्षको प्रतिवेदनमा जनाइएको छ।

    bharat.jpg

    homraj.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij