
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । त्रिभुज चुनाव चिन्हमा भोट माग्दै रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल घरदैलो कार्यक्रममा व्यस्त छन् । सो धरदैलो कार्यक्रममा भुसालले मतदातासमक्ष तीनवटा 'वाचा' गरेका छन् ।
उनको पहिलो वाचा 'इमान्दारिता र भ्रष्टाचारको अन्त्य' हो । आफूले आजसम्म राज्यको सम्पति गलत तरिकाले नखाएको र अब पनि नखाने उनले बताएका छन् । भुसालको दोस्रो वाचा हो, 'संविधानको रक्षा' । संविधानको रक्षाका लागि आफू लड्दै आएको बताउँदै उनले संविधान र परिवर्तनले संस्थागत गरेको व्यवस्थाको रक्षाका लागि आफू लागिरहने बताए ।
त्यसैगरी भुसालको तेस्रो वाचा हो, 'क्षेत्रको विकास' । पालिका, पार्टी, आमासमूह, क्लबहरू, बुद्धिजीवी, उद्योगपति, व्यवसायी, किसान, मजदुर सबैलाई मिलाएर गएमा यस क्षेत्रको समग्र विकास सम्भव हुने भुसालको ठहर छ । सत्ता गठबन्धनको साथ पाएका भुसाल आफू जित्नेमा विश्वस्त देखिन्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij