Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

सेयर बजार ३२ अंक बढ्यो

सेयर बजार ३२ अंक बढ्यो

  • काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ३२ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक नेप्से १९६५ अंकमा कायम भएको छ । कारोबार खुलेदेखि नै सेयर बजार उकालो लाग्यो । कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । कुल २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

    images
    images
    images

    कुल १६९ कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबैजसो उपसमूह बढेका छन् । बैंकिङ १९, विकास बैंक ६४, फाइनान्स ३५, होटल तथा पर्यटन ३६, जलविद्युत् ३७, जीवन बीमा ९९, उत्पादन ११४, माइक्रोफाइनान्स १३०, निर्जीवन बीमा ७६, अन्य १८ र ब्यापार उपसमूह २७ अंक बढे ।

    सबैभन्दा धेरै मूल्य बढ्ने ५ कम्पनीमा अधिकांश लघुवित्त रहे । डिप्रोक्स लघुवित्तको मूल्य ८.२, जीवन विकास लघुवित्तको ७.४, कुमारी बैंकको ६.७, ग्रिन लाइफ हाइड्रोको ६.५, नेस्डो लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल टेलिकम, शिवम् सिमेन्ट र नेस्डो लघुवित्त क्रमश: अगाडि रहे ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij