Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान : ५७४ बालबालिकाको उद्धार

‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान : ५७४ बालबालिकाको उद्धार

  • काठमाडौं । सरकारको ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियानअन्तर्गत चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ५७४ बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई सडकमा नआउने वातावरण सिर्जना गर्न पारिवारिक सहयोग कार्यक्रमलाई प्रवद्र्धन गर्दै स्थानीय तहमा नै बाल अधिकारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सडक बालबालिकाको व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई तीव्रता दिएको हो । कूल सङ्ख्यामध्ये बालक ४६५ र बालिका १०९ जनाको उद्धार गरी व्यवस्थापन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय बालदिवस, २०७७ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति लिइएको सन्देश दिएका थिए ।  राष्ट्रिय बालअधिकार परिषद्को संयोजन र प्राविधिक सहयोगमा बालबालिका खोजतलास समन्वय केन्द्र निःशुल्क टेलिफोन नं १०४ एवं प्रदेश सरकार, स्थानीय तह, सङ्घसंस्थाको सहकार्यमा काठमाडौँ उपत्यकालगायत विभिन्न प्रदेशबाट ती बालबालिकाको उद्धार गरिएको हो । परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७७’ मा उद्धार गरिएकामध्ये भारतबाट आएका बालबालिका ३० जना रहेका छन् ।

    AGNI GROUP

    स्रोत : रातोपाटी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij