
May 03 2025 | २०८२, वैशाख २० गते
मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय बहुआयामिक एकीकृत स्थिरता मिसन (मिनुस्मा)ले मङ्गलबार मध्य मालीस्थित खानी विस्फोटमा परी ३ जना शान्ति सैनिकको मृत्यु भएको जनाएको छ ।
मिनुस्मा फोर्सको काफिले फेब्रुअरी २१ मा एक इम्प्रोभाइज्ड विस्फोटक उपकरण (कारीगरी खानी) मा ठोक्किँदा सो दुर्घटना भएको हो ।
प्रारम्भिक रिपोर्टअनुसार सो विस्फोटमा ३ शान्ति सेनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते छन् । संयुक्त राष्ट्रसङ्घ मिशनले विज्ञप्ति जारी गर्दै सो घटनाको पुष्टि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij