Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आज श्री एयरलाइन्सका उडान ठप्प

आज श्री एयरलाइन्सका उडान ठप्प

  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । हिजो काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले सो एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको जनाएको छ ।

    images
    images
    images

    प्राधिकरणले बिहीबारको घटनाको छानबिन थालेको छ भने छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको हो । प्राधिकरणले यसबारे कम्पनीलाई पत्र काटेर जानकारी गराएको छ ।

    बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि काठमाडौं नै आकस्मिक अवतरण गराइएको थियो । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्काइएको हो।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij