Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सिद्धु १० महिनापछि कैदमुक्त

सिद्धु १० महिनापछि कैदमुक्त

  •  पूर्व क्रिकेटर नवजोत सिंह सिद्धु तीन दशक पुरानो रोड रेज मुद्दामा १० महिनाको सजायपछि शनिबार पटियाला जेलबाट रिहा भएका छन्।

    onlinepatrika
    Arghakhachi

    जेलबाट बाहिर आएपछि सिद्धुले पत्रकारहरूसँग भने, 'सरकारसँग सत्य सुन्न सक्ने शक्ति छैन। उनीहरूले सत्यको आवाज सुन्न नै चाहँदैनन् । सायद यही कारणले गर्दा उनीहरूले मलाई  बिहान साढे १२ बजे छाड्ने भनेर अहिले छाडे ताकी सबै मिडियाकर्मी गइसकेका हुनेछन्। यो देशमा जहिले तानाशाही आयो, एक क्रान्ति पनि आयो र आजको क्रान्तिको नाम राहुल गान्धी हो।'

    AGNI GROUP

    गत वर्ष सर्वोच्च अदालतले सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो । पीडित परिवारले सिद्धुलाई सफाइ दिने सर्वोच्च अदालतको २०१८ को निर्णयविरुद्ध अपील दायर गरेको थियो।

     २०१८ को आफ्नो निर्णयमा, सर्वोच्च अदालतले सिद्धुलाई गैरु इरादापूर्ण हत्याको आरोपबाट मुक्त गर्दै तीन वर्षको सजायलाई एक हजार रुपैयाँ जरिवानामा परिणत गरेको थियो।

    सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप लागेको थियो। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij