Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

अवधि पुरा भएसँगै एभरेस्ट बैंकले ऋणपत्रको रकम फिर्ता गर्दै

अवधि पुरा भएसँगै एभरेस्ट बैंकले ऋणपत्रको रकम फिर्ता गर्दै

  • काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले अवधि पुरा हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ । आज जेठ २८ गते ‘८५ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र परिपक्व हुँने भएसँगै बैंकले सो ऋणपत्रको रकम फिर्ता गर्न लागेको हो ।

    images
    images
    images

    बैंकका अनुसार उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुले एभरेस्ट बैंकको काठमाण्डौको लाजिम्पाटस्थित मुख्य कार्यालय र उपत्यकाबाहिर रहेका ऋणपत्रधनीहरुले पायक कुनै पनि शाखाहरुमार्फत रकम भुक्तानी पाउनेछ ।

    यसका लागि ऋणपत्रको सक्कल प्रमाणपत्र, ब्याज भुक्तानी पुर्जासमेत, नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचपत्रको प्रतिलिपि र रकम भुक्तानीका लागि बैंक खाताको विवरण ऋणपत्रधनीहरुले उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।

    स्वयं उपस्थित हुन नसक्ने ऋणपत्रधनीहरुले रिपूर्वकको मन्जुरीनामा साथै मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रुपले पेस गर्न पनि बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij