Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

एक कम्पनीको संस्थापक शेयर बिक्रीमा

एक कम्पनीको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ संस्थापक शेयरधनीहरुका नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images
    images

    बैंकका संस्थापक शेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता गरी कुल ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा हाललाइ विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ ।

    इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ । उक्त शेयर खरिदको लागि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij