
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ८६ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ८५ हजार ९४० कित्ता संस्थापक सेयर शुक्रबारबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।
विद्यमान संस्थापक सेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले यो सेयरमा खरिद आवेदन दिन सक्नेछन् । सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ । अर्थात खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि लगानीकर्ताले खरिद आवेदन दिन सकिनेछ ।
यसका लागि काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत) मा लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन् । साउन १८ गतेसम्मआवेदन दिने अन्तिम म्याद तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij