
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा दुई आतंककारी मारिएको पास्तिानी सेनाले जनाएको छ ।
सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारबाहीमा दोहोरो भिडन्तमा एक आतंककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसैगरी, उत्तरी वाजिरिस्तान जिल्लामा आतंककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतंककारीलाई मारेको जनाएको छ । उक्त आतंककारीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij