
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । चाडपर्वको बेला राहात हुने गरी हिजो आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटरमा ११ रुपैयाँ र डिजेलमा प्रतिलिटरमा ५ रुपैयाँले घटाइएको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ । इण्डियन आयल कर्पोरेसन(आइओसी)बाट घटेर मूल्यसूची आएकोले सोही अनुसार नेपालमा समेत मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
यसअघि बढेर आएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढाइए पनि सर्वत्र विरोधपछि एक दिनमै निगमले सरकारको निर्देशनलाई आधार बनाएर मूल्यवृद्धि फिर्ता लिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij