
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हिमालयन रिइन्सुरेन्सले मंसिर ४ गते सोमबारदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको छ । आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
सोहीअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो । कम्पनीलाई १०० रुपैयाँ फेस भ्यालुमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले ३ करोड कित्ता प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिइएको हो । प्राथमिक बजारबाट कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij