
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ७ गते गरिने प्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधबार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै यस्तो बताएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र बुझाएको हो । आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने अध्यक्ष मगरले बताए । कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने उनले उल्लेख गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij