Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हुण्डी कारोबार गर्ने २ जना पक्राउ

हुण्डी कारोबार गर्ने २ जना पक्राउ

  • काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई प्रहरीले प्रक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ महानगरपालिका-२२ महाबौद्ध एरियामा भीमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौँ महाबौद्धबाट पक्राउ गरेको हो ।

    AGNI GROUP

    भीमसेनको साथबाट नगद ८ लाख रुपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रुपैयाँ र ७ लाख ९७ हजार रुपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij