Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल चिकित्सक संघले नक्कली डाक्टरको आरोपमा पक्राउ परेका सम्बुद्ध भट्टाचार्यलाई कारबाही गर्न माग गरेको छ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले नक्कली डाक्टरको आरोपमा काठमाडौँको बाँसबारीमा बस्दै आएका भट्टाचार्यलाई पक्राऊ गरेको हो ।
भट्टाचार्य नेपाल चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएको प्रति संघको ध्यानाकर्षण भएको बताएको छ । ‘चिकित्सक नभई नक्कली परिचय पत्र बनाएर परिचय पत्रको दुरुपयोग गर्दै सयौँको सङ्ख्यामा उपचारमा संलग्न भएका निजलाई कानुनबमोजिमको कारबाहीको लागि अघि बढाउन यस संघ जोडदार माग गर्दछ,’ महासचिव डा.सञ्जीव तिवारीले बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij